Friday, July 29, 2011

नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकाको पठनीयता र विश्वसनीयताबारे पाठकहरु (पठनीयता अध्ययन प्रतिवेदन)

परिच्छेद १ (अध्ययनको पृष्ठभुमि)
१.१ परिचय 
अनुसन्धान तर्कपूर्ण क्रमबद्ध तरिकाले नयाँ तथ्यहरुको खोजी र पुराना तथ्यहरुको पुनः परीक्षण गर्न र त्यसको श्रेणीबद्ध अन्तरसम्बन्ध, कारण र त्यसको सञ्चालन गर्नै स्वभाविक नियम भएको हुँदा अहिले आमसञ्चारका माध्यमहरु छापा तथा बिद्युतिय माध्यमहरुले करोडौं मुल्य खर्चेर अध्ययन तथा अनुसन्धान गरेको पाईन्छ। सर्वप्रथम अनुसन्धान बिज्ञापनदाता एवं शैन्य प्रचारबाजी गर्नेहरुले गरेका थिए भने आमसञ्चार माध्यमहरुकौ प्रभावकारिता, गल्ती तथा कमीकमजोरी जस्ता बिषयमा २०औं शताब्दीपछि मात्रै भएको पाईन्छ। आम पाठक, दर्शक तथा श्रोताहरु के चाहन्छन भनी पुराना कमीकमजोरीहरु हटाउने कोशिश गर्छन। सन् १९४०को दशकपछि आमसञ्चार माध्यमहरुको उल्लेखनीय रुपमा अनुसन्धान भएको पाइन्छ। तर नेपालमा भने यस्ता खोजहरु अति कम मात्रै भएको देखिन्छ। 

प्रस्तुत अध्ययन त्रिभुवन विश्वबिद्यालय अन्तरगत रहेको आमसञ्चार तथा पत्रकारिता विभाग अन्तरगत द्धितीय बर्षमा पढाई हुने आमसञ्चार र अनुसन्धान (३०२) बिषयको प्रयोगात्मक परीक्षामा आधारित छ। यस अनुसन्धानको शीर्षक नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकासित सामग्रीहरु आम पाठकहरले कुन रुपमा लिएका छन् भन्ने बिषयमा केन्द्रित रहेको छ।

१.२ समस्याको कथन
लोकतान्त्रिक शासनप्रणाली स्थापना भएपछिको खुला वातावरणमा प्रकाशन सुरुवात गरेको नयाँ पत्रिका राष्ट्रिय दैनिकले आफूलाई कुन रुपमा पाठकहरुमाझ प्रस्तुत गरेको छ? निष्पक्ष, स्वतन्त्र र निर्भिक भएर आफ्नो कर्तव्य र अधिकारको पालना गरैको छ कि छैन? बिबिध आर्थिक, सामाजिक, साँस्कृतिक, शेक्षिक तथा बिकास निर्माण सम्बन्धि बिषयबस्तुहरु प्रस्तुत गरेको छ कि छैन? पाठकका ईच्छा र चाहनाअनुसारका सामग्रीहरु प्रकाशन गरिएको छ कि छैन? के यस अखबारमा प्रकासित सामग्रीहरु पाठकहरुले मन पराँउछन? कुन बिषय बढी मन पराईन्छ? यी र यस्तै बिषयबस्तु उपर बिचरण गर्न यो अनुसन्धान गरिएको हो।

१.३ अध्ययनको महत्व
यस अध्ययनको लागि छनौट गरिएको नयाँ पत्रिका राष्ट्रिय स्तरको दैनिक पत्रिका हो। पछिल्लो समयमा प्रकासित यो पत्रिबाले अन्य दैनिक तथा पत्रपत्रिकाहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने, पाठकको चाहना र भावना अनुसार बिषयबस्तु प्रकासित गर्नुपर्ने जसता चुनौतीको सामना गर्दै निष्पक्ष एवं तथ्प समाचारहरु प्रकासित गरेको छ कि छैन? कमी कमजोरी कतिको रहेको छ भन्ने जस्ता बिषयबस्तुलाई यो अनुसन्धानमा महत्व दिइएको छ।

परिच्छेद २ सन्दर्भ साहित्यको सिंहावलोकन

आमसञ्चारको क्षेत्रमा बिभिन्न समय र अवसरमा विभिन्न वयक्ति तथा संस्थाद्धारा बिबिध अनुसन्धानहरु नभएका होइनन्। सन् १९२० यता मिडिया अनुसन्धानमा संसारले ठूलो फड्को मारेको छ। किन्तु नेपालमा यसको बिगत खासै लामो छैन। त्यसमाथि बिगत केहि महिनाअघिमात्रै प्रकासन आरम्भ भ्एको नयाँ पत्रिका दैनिकको बिषयमा खासै खोज नभएको पाइनु अस्वभाविक होइन। पठनीयता अध्ययनको रुपमा नयाँ पत्रिका राष्ट्रिय दैनिकको पाठक सर्वेक्षण गरिएको स्म्भवतः यो नै पहिलो अनुसन्धान हो। 

परिच्छेद ३ अनुसन्धान बिधि
३.१ अध्ययनको सीमा
एउटा अनुसन्धानकर्ताले कुनै निश्चित उद्देश्य राखी गरेको अध्ययगबाट प्राप्त भएका उपलब्धीहरु अर्को अध्ययन वा सोधकार्यसंग पूर्णरुपमा मिल्छ भन्ने हुदैन। सबै अध्ययनका आफ्नै सीमाहरु हुन्छन्। यस अध्ययनको लागि काठमाडौं उपत्यकामा बिभिन्न पेशा र ब्यवसाय गरी बसेका बिबिध उमेर समूहका २५ जना ब्यक्तिहरुलाई नमूनाको रुपमा लिइएको थियो।

३.२ तथ्यांक संकलन  
हरेक अनुसन्धानमा निष्कर्षमा पुग्न तथ्यांकको अतयावश्यकता हुन्छ। कुनैपनि तथ्यांकको विश्लेषण गुणात्मक र परिमाणात्मक गरि दुई किसिमबाट हुने र आवश्यकता अनुसार तिनको विश्लेषण गरि नतिजामा पुगिने भएकाले अनुसन्धानमा तिनको विशेष महत्व हुनेगर्छ। यस अनुसन्धानको क्रममा पनि तिनै उल्लेखित दुई प्रकृतिका तथ्यांकीय प्रयोगको माध्यमबाट तथ्यांक संकलन गरिनेछ। 
क)प्राथमिक श्रोत
ख) द्धितीय श्रोत

तथ्यांक संकलनका बिभिन्न पद्धति मध्ये यसमा सर्वेक्षण बिधि अन्तरगत मिश्रित प्रश्नावली बिधि अवलमबन गरि तथ्याङ्क सङ्कलन गरिएको छ। प्राथमिक श्रोतहरुबाट लिईएका तथ्यांकहरु अन्तरवार्ताबाट संकलन गरिएको छ भने द्धितीय श्रोत अन्तरगत पत्रिका र पुस्तक तथा नयाँ प्रकाशन प्रा. ली. कार्यालयमा बिद्यमान जानकारीहरु लिईएको छ। पूर्व संरचित प्रश्नावलीलाई उत्तरदाता नमूनासंग अनुसन्धानकर्ता स्वयंले सोधी तथ्यांक संकलन गरिएको छ।

३.३ अध्ययनको परिकपना

यस अनुसन्धानको परिकल्पना निम्न अनुसार छन्।
क) नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकासित सामग्रीहरु पाठकहरुले साँच्चै मन पराँउछन्।
ख) नयाँ पत्रिका राष्ट्रिय दैनिकले शैक्षिक, आर्थिक र सामाजिक बिषय कम तथा राजनितिक एवं खोजमूलक बिषयलाई बढी स्थान दिने गर्छ।

३.४ अध्ययनको यद्देश्य

नेपाली पत्रकारिता वृत्तमा एक छुट्टै स्थान पाउन सफल नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकाको अध्ययन गर्नुको उद्देश्य निम्नानुसार रहेका छन्।
क) समाचारको विश्वसनीयता वारेमा थाहा पाउन।
ख) प्रकासित समाचारको बिषयबस्तुलाई कसरी सुदृढ गर्न सकिन्छ भन्ने बारे थाहा पाउन।    

परिच्छेद ४ तथ्यांक प्रस्तुति र बिश्लेषण
४.१ नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिका पढ्नेको संख्यात्मक स्थितिः  
(द्रष्टव्यः

सम्वन्धित रेखाचित्र यस पृष्ठमा प्रकाशन गरिएको छैन ।)
उत्तरदाता ६० प्रतिशतले पढ्छु भनेको पाइयो भने नपढ्नेको संख्या १० प्रतिशत मात्र रहेको छ। त्यस्तै कहिलेकाँही कात्रै पढ्छु भन्नेहरु २०प्रतिशत रहेका छन्। यसबाट यो पत्रिका नियमित पढ्नेको संख्या अधिक रहेको निष्कर्ष निस्कन्छ।

४.२ स्माचारको प्रकृतिका आधारमा नयाँ पत्रिका राष्ट्रिय दैनिकको पठनीयताः
(द्रष्टव्यः
सम्वन्धित रेखाचित्र यस पृष्ठमा प्रकाशन गरिएको छैन ।)   
नयाँ पत्रिका राष्ट्रिय दैनिकमा खोजमुलक समाचार पढ्नेको संखया अधिक रहेको पाइयो। जसमा ५०प्रतिशतले खोजमुलक, ३०प्रतिशतले राजनितिक तथा २० प्रतिशत पाठकले अन्य पक्षका समाचार पढ्ने गरेको पाइयो।

४.३ विश्वसनीयताका आधारमा नयाँ पत्रिका राष्ट्रिय दैनिकः
(द्रष्टव्यः
सम्वन्धित रेखाचित्र यस पृष्ठमा प्रकाशन गरिएको छैन ।)
बिश्वसनीयताका आधारमा नयाँ पत्रिका राष्ट्रिय दैनिकको अवस्था अध्ययन गर्दा यस पत्रिकालाई निकै कम अर्थात १० प्रतिशत पाठकहरुले मात्रै अविश्वसनीय बताएका छन्। केहि मात्रामा बिश्वसनीय लाग्छ भन्नेहरु २०प्रतिशत र पुरा विश्वास लाग्छ भन्नेहरु ७०प्रतिशत रहेको पाईयो।

४.४ आगामि दिनमा नयाँ पत्रिका राष्ट्रिय दैनिकले प्रकासित गर्नुपर्ने सामग्रीहरुः
(द्रष्टव्यः
सम्वन्धित रेखाचित्र यस पृष्ठमा प्रकाशन गरिएको छैन ।)
नयाँ पत्रिका राष्ट्रिय दैनिकका पाठकहरुले खोजमूलक र समाचारमूलक समाचनरलाई बराबरी महत्व दिएको देखिन्छ। दुवै पक्षलाई ४०/४० प्रतिशत चाहना प्रकट भएको थियो भने अन्य (विविध) सामग्रीलाई केवल २० प्रतिशत चाह प्रकट भएको थियो।

४.५ प्राप्ती
१. नयाँ पत्रिका दैनिक नियमित पढ्ने पाठकको संख्या कहिलेकाँही पढ्ने वा नपढ्नेको भन्दा ज्यादा छ।
२. नयाँ पत्रिकामा पाठकहरुले राजनितिक वा अन्य समाचार भन्दा खोजमूलक सामग्री अधिक चाहन्छन्।
३. नयाँ पत्रिका राष्ट्रिय दैनिकमा विश्वसनीयताको कमी नभएपनि थप सुधार गर्नु उचित दैखिन्छ।
४. उक्त अनुसन्धानले अखबारमा सबैपक्षलाई अझैपनि समेट्न नसकेको देखाउँछ।

परिच्छेद ५ निष्कर्ष तथा सुझाव

पाठक, श्रोता तथा दर्शक बिनाको सञ्चार माध्यमको कल्पना गर्न सकिदैन। उनीहरुकौ चाहना र इच्छा अनुसाका बिषयवस्तुहरु अखबार तथा पत्रपत्रिकामा नियमित आउनु पर्छ। नयाँ पत्रिका जस्तौ निजी प्रयास र प्रयत्नमा प्रकासित अखबारले जनताको सूसुचित हुनपाउने अधिकारको रखवाली गर्न थप जिम्मेवार हुदै आफ्ना पाठकहरुको राय र ईच्छा अनुसारका थप खोजमूलक समाचार तथा समसामयिक बिचार पस्कनु पर्ने भएको छ।

1 comment:

  1. Harrah's Las Vegas Hotel & Casino - Mapyro
    Harrah's 경기도 출장마사지 Las 군포 출장샵 Vegas Casino · Location · Hours and Location · Opening Hours · Amenities 김해 출장샵 · 동해 출장안마 More 청주 출장마사지 information. Leave a Review.

    ReplyDelete